बलिउड अभिनेता शाहरुख खान तथा अभिनेत्री अनुष्का शर्मा फिल्म ‘जब हेरी मिट सेजल’ प्रमोशनमा ब्यस्त छन् । बलिउड स्टारहरु ‘द कपिल शर्मा’ शोमा जानेकी नजाने भनेर हिच्किचाउँने गर्दछन् । यसैबिच शाहरुख र अनुष्का भने प्रमोशनका लागि केही समय अगाडि ‘द कपिल शर्मा’ शोको सेटमा पुगेका थिए । तर, दुवै स्टार कपिल शर्मा शोको सुटिङ नहुँदै फर्किएका छन् ।

कमेडियन कपिल शर्मा पछिल्लो समय निकै विवादका कारण तनावमा छन् । सुटिङका लागि शाहरुख र अनुष्का शो मा आउनु पूर्व नै कपिल सेटमा बेहोस भएका थिए । शुक्रबार राती कपिल शर्माको शोमा शाहरुख–अनुष्काको सुटिङ गर्नु पर्ने थियो । तर, सेटमै कपिल बेहोस भएपछि दुवै सुटिङ नगरि फर्किएका थिए । कपिल शर्मा आफ्नो शोको घटिरहेको टिआरपी बढाउन दिनरात काम गर्ने गरेको बताइएको छ ।

For More videos Log on to Mazzako TV