यशराज फिल्मस्को ब्यानरमा निर्माण गर्ने फिल्म ‘सुइ धागा–मेड इन इन्डिया’ मा नायक बरुण धवन र नायिका अनुष्का शर्मा अनुवन्धित भएका छन् । बिषेशगरि खान नायकहरुलाई लिएर फिल्म निर्माण गर्दै आएको यशराज फिल्मस्ले अहिले नयाँ पुस्ताका कलाकारलाई प्रोजेक्टमा अनुवन्धित गरेको हो ।

बलिउड फिल्म ‘दम लगाके हैसा’ निर्देशन गरेका निर्देशक शरत कटरियाले यस फिल्मको लेखन तथा निर्देशन गर्दैछन् । अनुष्का र बरुणले मध्यरातमा फिल्म ‘सुइ धागा–मेड इन इन्डिया’ नाम सार्वजनिक गरेका हुन् । यो जोडीले पहिलो पटक एकसाथ काम गर्न लागेको हो ।

For More videos Log on to Mazzako TV