सारा बलिउडमा डेब्यू गर्दै, सेफ किन चिन्तीत् ?
बलिउडका चर्चित सेलिब्रिटीका छोराछोरीहरु बलिउडमा डेब्यू गर्ने क्रम चलिरहेको छ । यो क्रममा सेफ अली खानकी छोरी सारा अली खानको नाम सबैभन्दा शीर्ष स्थानमा आउने गर्छ । सारा अभिषेक कपूरको फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । केही समय अघि आफ्नी छोरीले बलिउडमा प्रवेश गर्ने कुरामा खुसी भएका सेफ अहिले आएर छोरीको कदमले खुसी देखिदैनन् ।

सेफका अनुसार, ‘हामी सबै कलाकारको खानदानसँग सम्बन्धित छौं र सारा भित्र पनि यस्तो गुण हुनु स्वभाविक हो । तर म उनको विषयमा धेरै नै चिन्तित छु, किनभने अभिनयलाई समान्य सम्झनु हुैदन् यथार्त चाहिन्छ ।








