करिश्मा विवाह बन्धनमा बाँधिदै
बलिउडमा आफ्नो अभिनयका कारण दर्शकहरुको मन जित्न सफल अभिनेत्री हुन् करिश्मा कपुर । उनै करिश्मा अब चाँडै नै बिबाह बन्धनमा बाँधिदैछिन् । प्रेमी संदीपले चाँडै नै करिश्मालाई विवाहको प्रस्ताव गर्ने खबर बाहिरिएको छ । सन्दीप र करिश्मा निकै लामो समयदेखि पे्रममा रमाइरहेका छन् । उनिहरु सुरुसुरुमा सम्बन्धका बारेमा मिडियालाई लुकाउँने गर्थे । तर, केही समयदेखि उनिहरु इभेन्टहरुमा समेत सँगै देखिन्छन् ।

करिश्माको परिवार समेत संदीपलाई निकै मन पराउँने र उनिहरुको प्रेमलाई लिएर सकारात्मक रहेको छ । संदीप आफ्नी पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गर्दैछन् ।








