दीपिकाको फोटोसुटलाई कतिले छाडा भने !
बलिउड अभिनेत्री दीपिका पादुकोण हट फोटोसुट गर्न निकै अगाडी छिन् । हालै उनै दीपिकाले केहि फोटोसुट गरेर निकै आलोचित भइन् । उक्त फोटोसुटलाई कतिले मन पराए भने, कतिले छाडा भने । निर्देशक संजय लीला भन्सालीले समेत दीपिकाको फोटोसुटलाई चित्त बझाएका रहेनछन् । कारण हो, फिल्म ‘पद्मावती’।

उनै भन्सालीले निर्देशन गरेको ऐतिहासिक फिल्म पद्मावतीमा दीपिका प्रमुख भूमिकामा छिन् । पद्मावतीमा दीपिका प्राचीन परम्परालाई दर्शाउने स्वाभिमानी महारानीको भूमिका निभाउनेछिन् । त्यसैले उनले बोल्ड फोटोसुट गरेको भन्सालीलाई चित्त बुझेको छैन । उनको यो सुटले गर्दा मानिसहरु आफूले बनाएको फिल्मप्रति नकारात्मक बन्न सक्ने भन्सालीलाई डर छ ।
For More videos Log on to Mazzako TV







