कमेडियन कपिल शर्मासँगको झगडाको कारण छुट्टएिका अली असगरले उक्त निर्णयलाई अप्रिय निर्णय भनेका छन् । ‘द कपिल शर्मा शो’ बाट बाहिरिए पछि यतिखेर कपिललाई खुब मिस गर्न थालेका छन् ।

अलीले भने, ‘आफ्नो पुरानो कार्यक्रम र टिमका सदस्यहरुलाई मिस गरिरहेको छु ।’उनले थपे, ‘जे भयो त्यो राम्रो भएन । तर, कहिलेकाहीँ तपाईं यस्तो मोडमा आउनुहुन्छ जब एउटा अप्रिय निर्णय लिनुपर्छ । हो हाम्रो पनि त्यस्तै परिस्थिति आयो, मेरो भूमिका बिस्तारै फिका हुदै गइरहेको थियो । त्यसमा सुधार गर्न सकिने कुनै सम्भावना बाँकी थिएन ।’ अब सोनी च्यानलमा सुनील ग्रोबरको टिम अली असगर, सुगन्धा मिश्रा संकेत भोसले र क्रियटिभ डाइरेक्टर प्रिती सिमोस चाँडै नै कृष्णा अभिषेकसँग मिलेर कमेडी शो नै चलाउँदैछन् ।

For More videos Log on to Mazzako TV