अब फरहान र श्रद्धाको अफेयर कस्तो होला ?
बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर अभिनेत्री श्रद्धा कपुरसँगको प्रेममा रमाइरहेका छन् । अभिनेता फरहान अख्तरले केहि समय अघि पत्नी अधुनासँग सम्वन्धविच्छेद गरिसकेका छन् । अब फरहान र श्रद्धा बीचको अफेयर अझै ब्यापक हुने देखिएको छ । किनभने, यी दुई एउटा फिल्ममा नायक–नायिकाका रुपमा अनुवन्ध भएका छन् । निर्देशक मोहित सूरीले आफ्नो आगामी फिल्ममा यो जोडीलाई खेलाउन लागेका हुन् । मोहित सूरीलाई ‘आशिकी २’ ले चर्चित बनाएको थियो । श्रद्धाले यतिखेर आफ्नो इन्स्टाग्राममा मोहितकी छोरी र उनको कुकुरका साथ एउटा तस्वीर सेयर समेत गरेकी छिन् ।

यसअघि फरहान र श्रद्धा ‘रक अन २’ मा सँगै अभिनय गरेका थिए । मोहितको आगामी फिल्म १९७९ को हलिउड फिल्म ‘च्याम्प’ बाट प्रभावित हुने खबर बाहिरिएको छ । यस फिल्ममा निर्देशकले आफ्नै जीवनको केही मज्जाका पलहरु समेत मिसाउनेछन् । अहिले श्रद्धाको फिल्म हसिना पारकर रिलिज हुने तयारीमा छ । यो दाउद इब्राहिमकी बहिनी हसिनाको जिन्दगीमा आधारित फिल्म हो । यसका अलावा श्रद्धा साइना नेहवालको बायोपिकमा पनि देखिदैछिन् ।
For More videos Log on to Mazzako TV







