क्षेत्रीलाई सेलिब्रेटी म्यानेजमेन्टको समन्वयमा गायक गायिकाद्वारा रकम हस्तान्तरण
क्यान्सर पिडित कलाकार दिपक क्षेत्रीको उपचार सहयोगार्थ सेलिब्रेटी म्यानेजमेन्ट नेपालको समन्वयमा गायक गायिकाहरुले रकम हस्तान्तरण गरेका छन् । बुधबार राजधानीको डिल्लीबजार स्थित क्षेत्रीकै निवासमा पुगेर सहयोग रकम रु.५२,१५० हस्तान्तरण गरिएको हो । सेलिब्रेटी म्यानेजमेन्ट नेपालको नेतृत्वमा गायक गायिकाहरु देविका बन्दना, प्राश्ना शाक्य, आर्जन पाण्डे, जीवन भट्टराई, नारायण गजमेर, सुनिता प्रधान लिम्बु, शंकर थापा स्माईल, कुमार जोशी, किरण कडेल, इन्दिरा जोशी, रुपेश डंगोल रहेका छन् ।

त्यस्तै शशी रावल, डी.पी. खनाल, सुमी चाम्लिङ, रन्जीत नेपाली, रबिन रिमाल, मेलिना राई, पूजा सुनुवार, बि.पी. वाग्ले, मिग्मा शेर्पा, सुराच प्रसाई, मनिषा पोखरेल, अनमोल सापकोटा, बनिका प्रधान, दीपशिखा र रन खड्काले क्षेत्रिलाई सहयोग गरेका छन । कलाकार क्षेत्रिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैले जति सक्दो सहयोग गर्न सेलिब्रेटी म्यानेजमेन्टकी डाईरेक्टर सरु श्रेष्ठले आग्रह गरिन् । उनले सहयोग गर्ने गायक गायिकालाई आभार गरिन् ।








