मोदीले प्रशंसा गरे ‘ट्वाइलेट एक प्रेमकथा’ लाई
अभिनेता अक्षय कुमार फरक फरक अभिनय गर्ने बलिउड नायक हुन् । अहिले उनै अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज लगत्तै अक्षय कुमारको चर्चा ह्वात्तै बढेको छ । सर्वसाधारण दर्शकले त प्रशंसा गरेनै तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतले फिल्मको ट्रेलरको प्रशंसा गरे ।

ट्रेलर हेरेका मोदीले लेखेका छन् ‘स्वच्छताको सन्देश अगाडि बढाउने शानदार प्रयास ।’मोदीले ट्वीट गरे पछि अक्षय कुमारले लेखेका छन, ‘तपाइलाई धेरै धन्यवाद, म आशावादी छु हामी आम नागरिकको मानसिकता बदल्न सफल हुनेछौं ।’ अरुण भाटियाले निर्माण गरेको फिल्ममा अक्षय कुमार र भूमी पेडनेकरले मुख्य भुमिका निर्वाह गरेका छन् । ग्रामिण क्षेत्रमा ट्वाइटेलको महत्वका बिषयमा फिल्म बनेको छ ।
For More videos Log on to Mazzako TV







