बलिउड नायक सलमान खान अभिनित फिल्म ‘ट्युबलाइट’ जुन २३ जूनमा रिलिज हुँदैछ । सलमान ‘ट्युबलाइट’लाई बिभिन्न तरिकाले प्रमोशन गरिरहेका छन् । प्रमोशनकै क्रममा शनिबार उनले सुनिल ग्रोवर, अली असगर, सुगन्धा मिश्रा र संकेत भोसलेसँग विशेष कार्यक्रम ‘सुपर नाइट विद ट्युबलाइट’ को सुटिङ गरे ।

सुटिङमा सोहेल खान र सिरियल ‘नागिन टु’ की नायिका मौनी रोय समेत उपस्थित थिए । सुपर नाइट विद ट्युबलाइट लाई अर्को आइतबार राती ९ बजे प्रशारण गरिनेछ, भने यस दिन कपिल शर्माको कार्यक्रम आउने छैन ।

केहि समय अघि अष्ट्रेलिया भ्रमणबाट फर्कन बेला कपिल र सुनिल बिच झगडा परेको थियो । त्यसपछि सलमानले कपिललाई आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्नुपर्ने सल्लाह दिएका थिए ।

For More videos Log on to Mazzako TV