बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘ट्युबलाइट’ को ब्यापक चर्चा भैरहेको छ । सलमानका ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा है’ दुबै फिल्मको सुटिङ सकिएको छ । ‘ट्युबलाइट’ भने रिलिजको संघारमा छ । यस अघि सलमानले ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा है’ को सुटिङ नसकी अरु फिल्म नगर्ने बताएका थिए ।

यहि कारण उनले ‘दंबग ३’ को समेत सुटिङ गरेनन् । यतिखेर यस फिल्मलाई लिएर नयाँ खबर बाहिर आएको छ । अब यस फिल्मलाई प्रभु देवाले निर्देशन गर्ने भएका छन् । यसअघि अरबाज खानले निर्देशन गर्ने खबर बाहिर आएको थियो । देवाले ‘वान्टेड’ फिल्मको निर्देशन गरेका हुन् । प्रभुले सलमान खानसँग दंबग ३ को निर्देशन गर्न तयार भएको भारतीय मिडियाहरुमा उल्लेख छ ।

For More videos Log on to Mazzako TV