‘जब ह्यारी मेट सेजल’मा शाहरुख र अनुष्का
बलिउड अभिनेता शाहरुख खान र अनुष्का शर्मा स्टारर फिल्मको नाम घोषणा भएको छ । हालैमा सामाजिक संजालमा फिल्मको नाम घोषणा गरिएको हो । फिल्मको नाम ‘जब ह्यारी मेट सेजल’ राखिएको छ । नाम घोषणासँगै यो फिल्मको रिलिज डेट पनि पोस्ट पोन्ड भएको छ । उक्त फिल्म ४ अगस्टमा रिलिज हुनेछ । अक्षय कुमारको ‘टोइलेट – एक प्रेम कथा’ सँग बक्स अफिसमा यस फिल्मको भिडन्त हुने फाइनल भएको थियो । यी दुई फिल्म २ जूनमा रिलिज हुने तयारीमा थिए । बिहीवार शाहरूख खान र अनुष्का शर्माले पनि आफ्नो सोसल मिडियाबाट फिल्मको पोष्टर सार्वजनिक गरे ।

अनुष्का र शाहरुख तेस्रो पटक यो फिल्ममा काम गर्दैछन् । यो भन्दा पहिला यी दुईले ‘रब ने बना दी जोडी’ र ‘जब तक है जान’ फिल्ममा काम गरिसकेका छन् । ‘जब ह्यारी मेट सेजल’ ७ अगस्तमा रक्षाबन्धनको दिन रिलिज हुँदैछ । अगष्ट ४ र अगष्ट ७ मा सार्वजनिक बिदा रहेकाले पनि ‘जब ह्यारी मेट सेजल’लाई फाइदा हुनेछ ।








