बलिउड अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘मुन्ना माइकल’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा टाइगरले माइकल ज्याकसनको एक ठूलो फ्यानको भूमिका निर्वाहा गरेका छन् । उनलाई फिल्ममा माइकल ज्याकसनलाई श्रद्धान्जलि दिँदै गरेको देख्न सकिनेछ ।


निधी अग्रवाल यस फिल्मबाट डेब्यू गर्दै टाइगरसंग रोमान्स गर्ने छिन् । ‘मुन्ना माइकल’ भारतकै पहिलो एक्शन–ड्रान्स फिल्म हो । नवाजुद्दीन सिद्धीकी पहिलो पटक एक्शन–म्यूजिक फिल्ममा देखिँने भएका छन् । यस फिल्ममा नवाज भिलेन बनेको ट्रेलरबाट बुझ्न सकन्छ । ट्रेलर त्यस्तै टाइगर, नवाजलाई डान्स सिकाउने गुरुको भमिकामा देखिन्छ । २१ जुलाईमा रिलिज हुँन फिल्मका निर्देशक सब्बीर खान हुन् ।  :

For More videos Log on to Mazzako TV