बलिउड अभिनेता अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा बेला बेलामा चर्चामा आउँछिन् । उनि कुनै स्टार भन्दा कम चर्चित छैनन् । आफ्नो तस्बिर सोसल मिडियामा पोष्ट गरेरै भाइरल हुन्छिन् । नव्याको समुन्द्रको किनारामा बिकनी लगाएर रमाइलो गरिरहेको तस्बिर सार्वजनिक भएको छ । योभन्दा पहिले पनि उनी साथीहरुसँग रमाइलो गरिरहेको तस्बिर भाइरल भएको थियो ।

नव्या फेसनको मामलामा पनि निकै अगाडि छिन् । नव्याकी हजुरआमा जया भने तस्बिरका कारण निकै रिसाउछिन् । तर, श्वेता बच्चनले कहिले पनि उनीमाथि प्रतिबन्ध नलगाएको बताउँछिन् । जयाले नव्यालाई बिकिनी नलगाउन पनि चेतावनी दिएको केही मिडियाले बताएका छन् ।

For More videos Log on to Mazzako TV