एकै ठाउँमा हिमाल, पहाड र तराइका मनोरम दृश्य । वुद्धको जन्मस्थान लुम्बिनीदेखि जनकपुरको रामजानकी मन्दिर । तराइबाट हिमाल पुग्न मोनो रेलको यात्रा ।

साच्चै, यस्तो भैदिएको खण्डमा के होला ? आम नेपालीले कल्पना मात्र गरेको यो सोचलाई अब वास्तविकतामा परिणत गर्न अगाडि सरेका छन्, कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरे ।

‘नमुना नेपाल’ नाम दिइएको परियोजनाको आज घोषणा गरिएको छ । नेपाल सरकार वा कुनै व्यक्तिबाट ५ सयदेखि हजार रोपनी जग्गा पाएकै दिन शिलन्यास गर्ने फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।

यो योजनाका लागि ५ अर्ब बजेट लाग्ने समेत बताइएको छ । तराई, हिमाल र पहाड जोड्ने यो योजना पुरा गर्नका लागि सरकारको सहयोग चाहिने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बताइयो । ‘धुर्मुस-सुन्तली फाउन्डेशन’का अध्यक्ष सिताराम कट्टेलले भने-‘सरकारले सहयोग गरेन भने पनि यो प्रोजेक्ट पुरा गरेरै छाड्नेछौ ।’

उनले, हरेक नेपालीले २ सय रुपैयाँ र विदेशमा बस्ने नेपालीले २ हजारका दरले सहयोग गर्दा पनि यो प्रोजेक्ट बन्ने बताए । फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेका अनुसार, यो उनले केही बर्ष अगाडि नै देखेको सपना हो । उनले, सपना पुरा गर्नका लागि आफूहरु रात दिन नभनी लागेको समेत बताइन् । कार्यक्रममा सरकारी निकायका विभिन्न पदाधिकारीहरुले सहयोग गर्ने बताएका थिए ।

For More videos Log on to Mazzako TV