अष्ट्रेलियामा प्रेमको अर्थ खोज्दै सन्तोष
सन्तोष लामा नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम भने होइन । सन्तोषले नेपाली सांगीतिक क्षेत्रलाई थुप्र कोशेली दिइसकेका छन् । उनै, सन्तोष अब चौथो एल्बम सहित बजारमा आउने तयारीमा छन् । ‘सहकार्य’ नाम दिएर उनले नयाँ एल्बम ल्याउन लागेका हुन् ।
आफ्नो मन, कसले सुरुवात गर्यो बोलको गीतका गीतकार कृष्ण केसीको यसमा शब्द छ । हरि लम्सालको यसमा संगीत छ । यो गीतमा मोडल सुमन कँडेल र यमुना गैरको मोडलिङ छ । जीवन रसाइलीले यो भिडियोको सम्पादन, छायांकन र निर्देशन गरेका हुन् । सन्तोषले भिडियोमा प्रेम किन हुन्छ भन्दै प्रश्न गरेका छन् ।
‘दोश्रो नेपाली तारा’ भएपछि सन्तोषको नेपाली सांगीतिक क्षेत्रमा अवतरण भएको हो ।








