‘बाहुबली २’ बक्स अफिसमा सबैभन्दा बढि कमाई गरेको र सबै रेकर्ड तोडेको फिल्म हो । फिल्म चर्चित त भयौ नै यसका मुख्य नायक प्रभास समेत चर्चाको सिखरमा पुगेका छन् । केही समयअघि उनै प्रभासले ६ हजार विवाहको प्रस्तावलाई अस्विकार गरेको भन्ने खबर बाहिर आएको थियो । हालै उनको विवाह तय भएको भन्ने विभिन्न भारतीय संचार माध्यमले लेखेका छन् ।

प्रभासले रासी सिमेन्टका चेयरम्यान भूपती राजाकी नातिनीको विवाहको प्रस्तावलाई ‘ग्रिन सिग्नल’ दिएको खबर सार्वजनिक भएको छ । यद्यपी, यसबारे प्रभासले भने केहि बोलेका छैनन् । उनले अहिलेसम्म ६ हजार विवाहको प्रस्ताव अस्विकार गरिसकेका छन् । बाहुबली सिरिजमा लगभग पाँच वर्षसम्म व्यस्त भएपछि नायक प्रभासले अहिले ब्रेक लिएका छन् । ३७ वर्षीय प्रभास आजकाल अमेरिकामा आफ्ना साथीहरुसँग मस्ती गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV