बलिउड देखि हलिउड सम्म चर्चा बटुलेकी नायिका प्रियंका चोपडा फिल्म निर्माणमा समेत अघि बढिरहेकी छिन् । उनले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’को फष्टलुक समेत सार्वजनिक भैइसकेको छ । उनले अब नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा फिल्म बनाउने भएकी छिन् ।

यस फिल्मको कथा सागरिका चटर्जीले लेखेकी हुन्, भने निर्देशन उज्ज्वल चटर्जीले गर्नेछन् । यो फिल्म टैगरको प्रेम जीवन संग सम्बन्धीत हुने छ । तर, उनको सम्पूर्ण जीवनीलाई भने समेट्ने छैन । यस फिल्ममा उनको जीवनको सुरुवातको अंशलाई मात्रै समावेश गरिने छ ।

For More videos Log on to Mazzako TV