बाहुबलीका कटप्पा लगायतलाई प्रकाउ पूर्जी
बाहुबलीका कटप्पा तथा केही कलाकारलाई तमिलनाडुको एक अदालतले गैर जमानती पूर्जी जारी गरेको छ । यी कलाकारहरुमा कटप्पाको भूमिकामा देखिएका अभिनेता सत्यराज, सूर्या, आर शरतकुमार, श्रीप्रिया, विवेक, विजय कुमार, अरुण विजय र चलचित्र निर्देशक चेरन शामिललाई गैरजमानती पूर्जी जारी गरेको हो ।

उनिहरु मानहानीको एक मुद्दामा अदालतमा उपस्थित नभएको कारण निलगिरी क्रिमिनल कोर्टले गैरजमानती पूर्जी जारी गरेको हो । प्रहरीले फिल्म अभिनेत्री भुवनेश्वरीलाई देहव्यापारको एक मुद्दामा पक्राउ गरेपछि एक अखबारले यस पेशामा जुडिएको भन्दै केही अभिनेत्रीहरुको सूची नै प्रकाशित गरेको थियो ।
For More videos Log on to Mazzako TV







