रीमालाई गुमाउँदा संजयले भने–‘मैले फेरि आमा गुमाएँ’
बलिउड अभिनेत्री रीमा लागूको बिहिबार बिहान निधन भयो । उनको निधनमा बलिउडका कलाकारले गम्भिर शोक व्यक्त गरेका छन् । तर, रीमाको निधनले अभिनेता संजय दत्तलाई भने ठूलो चोट पुगेको छ । 
रीमा बलिउडका चर्चित अभिनेताहरुको आमा बनेर फिल्ममा देखिएकी थिइन् । साहरुख खान, सलमान खान, आमिर खान जस्ता बलिउडका स्टारका आमा बनेर रीमा पर्दामा देखिइन् ।
उनी, अभिनेता संजय दत्तसँग पनि केही फिल्ममा देखिएकी थिइन् । संजयले मिडियासँग कुरा गर्दै भनेका छन् कि–‘म निकै दुखी छु । उनको साथमा मेरा कैयौ यादहरु जोडिएका छन् । मैले फेरि दोश्रो पटक मेरी आमालाई गुमाएको छु । उनीबाट मैले धेरै कुरा सिकेको छु । अब, त्यो स्थान भर्न गाह्रो छ ।’
संजयले रीमाको आत्माको चिर शान्तीको कामना पनि गरेका छन् । उनले बलिउडलाई ठूलो झट्का लागेको समेत बताएका छन् ।
For More videos Log on to Mazzako TV







