बलिउड अभिनेत्रीलाई कान्सको क्रेज

बलिउडमा अभिनेत्रीहरुका लागि एउटा फिल्म महोत्सव निकै प्यारो छ । हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’मा पुग्नका लागि बलिउड अभिनेत्रीहरु लालयित हुन्छन् । कान्समा पुग्ने अधिकांश बलिउड अभिनेत्रीको पहिरनले मिडियामा खुबै चर्चा पनि पाएको हुन्छ । सायद, यसैले पनि हुनसक्छ, उनीहरुमा यस्तो क्रेज देखिएको ।
बलिउड अभिनेत्री ऐश्वर्या राय कान्स फिल्म फेस्टिभलमा सर्वाधिक चर्चित अभिनेत्री हुन् । हरेक बर्ष सहभागी हुने ऐश्वर्याको पहिरनको चर्चा सधै हुने गर्दछ । यो बर्ष उनको साथमा दीपिका पादुकोण, श्रृती हसन लगायतका अभिनेत्री पनि यो महोत्सवमा देखिनेछन् ।
For More videos Log on to Mazzako TV







