हृदयघातका कारण बलिउडकी चर्चित अभिनेत्री रीमा लागूको निधन भएको छ । उनले मुम्बइको एक अस्पतालमा अन्तिम श्वास लिइन् । वुधबार छातीमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बिहिबार बिहान करिब ५ बजे उनको निधन भएको हो ।

रीमाले बलिउड र मराठी फिल्ममा काम गरेकी थिइन् । उनी, सिरियलमा समेत चर्चित कलाकार हुन् । रीमाले बलिउडका चर्चित ३ खानसँग फिल्ममा काम गरेकी छिन् । सलमानसँग मात्र उनले ११ वटा फिल्ममा काम गरेकी थिइन् ।

‘वास्तव, कुछ कुछ होता हे, झुठ’ जस्ता फिल्ममा रीमाले काम गरेकी थिइन् । रीमाको निधनमा बलिउडका चर्चित कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

For More videos Log on to Mazzako TV