‘वान्टेड २’मा फेरि सलमान र प्रभुदेवा एकसाथ
सन् २००९ मा रिलिज भएको अभिनेता सलमान खान अभिनित फिल्म ‘वान्टेड’ले उनको करिअर बदलिदियो । लगातार असफल फिल्म दिइरहेका सलमानले एकाएक सुपरस्टार बनाउने फिल्म यही नै हो । 
बलिउडमा, सलमानको भाग्य बदलिदिने निर्देशकको रुपमा चिनिए, प्रभुदेवा । उनै, प्रभुदेवा र सलमान फेरि एकसाथ पर्दामा आउने भएका छन् ।
निर्माता बोनी कपुरले फिल्म ‘वान्टेड २’ बनाउन लागेका हुन् । यसका लागि २ जनाविच केही समयदेखि भेटघाट र कुराकानी भैरहेको छ ।
सलमान पनि यो फिल्मको सिक्वेल गर्नका लागि उत्साहित छन् । चाडै नै फिल्मको घोषणा हुने बताइएको छ ।








