सलमानलाई रिप्लेस गर्दै ऋतिक
सन् २००५ मा अभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘नो इन्ट्री’को सिक्वेल करिब १२ बर्षपछि बन्ने भएको छ ।
अभिनेता सलमान खान अहिले स्टार भैसकेका छन् । उनी ‘नो इन्ट्री’ रिलिज हुँदा खासै चलेका थिएनन् । तर, अहिले उनको क्रेज निकै माथि छ । 
अब, यसको सिक्वेलको रुपमा ‘नो इन्ट्री मे इन्ट्री’ नामक फिल्म बन्दैछ । अहिले यो फिल्म निर्माणका लागि धमाधम काम चलिरहेको छ ।
तर, यो फिल्ममा भने अभिनेता सलमान खान हुने छैनन् ।
फिल्ममा सलमानको ठाउँ अभिनेता ऋतिक रोशनले लिएको चर्चा बलिउड मिडियामा सुरु भएको छ । फिल्मका निर्देशक अनिज बाज्मेले निर्माता बोनी कपुरलाई भेटेर ऋतिकको बारेमा कुरा गरेका छन् । यो फिल्ममा ऋतिक दोहोरो भूमिकामा देखिने बताइएको छ ।
For More videos Log on to Mazzako TV







