कृतीले भनिन्-‘सुशान्त र मेरो प्रेमको खबर वाहियात’
अभिनेत्री कृती सेनन र अभिनेता सुशान्त सिंह राजपुतको प्रेम चर्चाले बलिउड मिडिया सधै रंगिएका छन् । कृती र सुशान्त फिल्म ‘रब्ता’मा एकसाथ काम गरेपछि प्रेम खबरमा जोडिएका हुन् । फिल्मको प्रमोशनमा क्रममा अभिनेताले यो कुरा अस्विकार गरिसकेका छन् ।

अब, अभिनेत्री कृतीले पनि आफ्रहरु साथी मात्र भएको बताएकी छिन् । कृतीले मिडियासँग भनिन्-‘हामीलाई यसले कुनै प्रभाव पारेको छैन । मैले त्यस्तो कुनै कारण नै देखेको छैन, जुन कुराले गर्दा म हाम्रो सम्बन्धको बारेमा स्पष्ट पारौ ।’
उनले आफूले कुनै अभिनेतासँग प्रेमको चर्चा हुने फिल्म नगरीका लागि नयाँ नभएको पनि बताइन् । हामीले निराधार खबरहरु धेरै पढ्ने गरेका छौ ।
कृती र सुशान्त दुबै धेरै समय एकसाथ देखिने गरेका छन् । तर, दुबैले प्रेमलाई स्विकार भने गरेका छैनन् । जसकाकारण पनि यी दुइले चाडै नै प्रेमको खुलासा गर्छन् भन्ने देखिएको छैन ।
For More videos Log on to Mazzako TV







