अक्षय कुमारबाट प्रेरणा लिने निरमत
अभिनेता इरफान खानको साथमा फिल्म ‘लन्चबक्स’मा काम गरेपछि अभिनेत्री निमरत कैरले राम्रो चर्चा पाइन् । उनको अभिनयको फ्यान पनि अहिले खुबै छन् ।

उनले कलाकारको भूमिकाको बारेमा भनिन्-‘ यो एउटा कलाकारका लागि प्रशंसा र अभिशाप दुबै हो । जब दर्शक तपाइको भूमिकालाई मन पराउँछन्, त्यसपछि त्यस्तै रुपमा बारम्बार हेर्न चाहन्छन् ।’
निरमतका अनुसार अब उनी ‘लञ्चबक्स वा एयरलिफ्ट’ जस्तो भूमिका गर्न नै चाहन्नन् । उनले, आफू स्वयंमले आफ्नो भूमिका दोश्रो पटक हेर्न नसक्ने बताएकी छिन् ।
हालैमात्र अभिनेता अक्षय कुमारले ‘राष्ट्रिय फिल्म पुरस्कार’ प्राप्त गरे । फिल्म ‘एयरलिफ्ट’मा अक्षयसँग काम गरेकी निरमत भन्छिन्-‘ उनको एउटा लामो र समृद्ध करिअर छ । उनको जिन्दगीबाट धेरै प्रेरणा लिन सकिन्छ । म पनि उनको जिन्दगीबाट प्रेरणा लिन्छु ।’
For More videos Log on to Mazzako TV







