सैफको यो बर्ष ४ फिल्म
बलिउडमा खानहरुको दबदबा छ । तर, बक्स अफिसमा अभिनेता सैफअली खान भने धेरै पछाडि छन् । साहरुख, सलमान र आमिर भन्दा सैफको बक्स अफिस स्टारडम कमजोर छ । 
तर, यो बर्ष सैफले अन्य ३ खानलाई अचम्मित बनाउनेछन् । यो बर्ष सैफ अभिनित ४ वटा फिल्म रिलिज हुने तयारीमा छ । सैफ अभिनित फिल्म ‘रंगुन’ त रिलिज भैसकेको छ ।
यसैबर्ष रिलिज हुने अर्को फिल्म ‘बाजार’को फस्टलुक रिलिज भैसकेको छ । जुन महिनामा सैफ अभिनित फिल्म ‘शेफ’ रिलिज हुँदैछ । यसपछि, सेप्टेम्बरमा सैफको अर्को फिल्म ‘कलाकंदी’ रिलिज हुने तयारीमा छ । बलिउडमा यसरी एकैबर्ष ४ वटा फिल्म त अभिनेता अक्षय कुमारको मात्र रिलिज भएको पाइन्छ । अब, सैफ पनि यो सूचीमा सहभागी भएका छन् ।
For More videos Log on to Mazzako TV







