‘बाहुवली २’ले राख्यो रेकर्ड, हजार करोड कमाउने पहिलो फिल्म
बक्स अफिसमा सबै रेकर्ड ब्रेक गर्दै नयाँ नयाँ आकडाँ बनाइरहेको साउथ फिल्म ‘बाहुवली २’ले भारतीय फिल्म इतिहासमै एउटा आश्चर्यलाग्दो व्यापार गरेको छ ।

भारतमा आजसम्म विश्वभरबाट ७ सय करोड कमाउने केही फिल्म थिए । तर, ‘बाहुवली २’ले भने विश्वभरबाट हजार करोडको व्यापार गरेको छ । भारतीय फिल्म नगरिमा यो पहिलो रेकर्ड हो । विश्वभरबाट हजार करोड माथिको ग्रस व्यापार गरिसकेको ‘बाहुवली २’ले भारतमा मात्र ६ सय करोडको आँकडा पार गरेको छ । हिन्दी भर्सनमा मात्र यो फिल्मले ३ सय करोडको आँकडा पार गरिसकेको छ । संभवत, ‘बाहुवली २’ले त्यस्तो कुनै पनि रेकर्ड तोड्न बाँकी नराख्ने देखिएको छ । अब, यो िफिल्मले हिन्दी भर्सनमा अभिनेता आमिर खानको फिल्म ‘दंगल’को रेकर्ड तोड्न मात्र बाँकी छ । जुन रेकर्ड केही दिनमा तोडिने पक्का छ ।
For More videos Log on to Mazzako TV







