‘सडक २’ बन्ने
अभिनेत्री तथा निर्मात्री पूजा भट्टले सन् १९९८ को हिट फिल्म ‘सडक’को सिक्वेल बन्ने बताएकी छिन् । फिल्म ‘सडक’मा अभिनेता संजय दत्तको मुख्य भूमिका थियो । यो फिल्म सुपरहिट पनि भएको थियो । 
अब, निर्मात्री पूजाले आफू, पिता महेश भट्ट र अभिनेता संजय दत्त निरन्तर भेटवार्ता रहेको बताएकी छिन् । उनले अहिले फिल्म ‘सडक २’का लागि काम पनि भैरहेको जानकारी मिडियालाई दिएकी छिन् ।
पूजाले अहिले नै फिल्ममा को कलाकार हुन्छन् भनेर भन्न नसकिने पनि बताइन् । उनले बहिनी आलिया भट्ट फिल्ममा हुने या नहुने भन्ने बिषयमा अहिले नै भन्न नसकिने बताइन् । लाखौ मानिसले मन पराएको फिल्म ‘सडक’को दोश्रो पाटो बनाउन सजिलो नभएकाले पनि आफूहरु छलफलमा रहेको पूजाको भनाई छ ।
For More videos Log on to Mazzako TV







