विश्वभर यतिबेला निर्देशक एसएस राजमौलीको खुबै चर्चा छ । फिल्म ‘बाहुवली’ले भारतीय फिल्मका सबै रेकर्ड तोडेपछि अहिले राजमौलीको चर्चा चुलिएको हो ।
यसैविच, यो फिल्मका फ्यानहरुका लागि खुशीको खबर छ ।

निर्देशक एसएस राजमौलीले फिल्मको तेश्रो पाटो पनि बनाउने घोषणा गरेका छन् । उनले ट्विटरमा फिल्मको तेश्रो पाटो पनि बनाउने बताएका छन् । उनले लेखेका छन्–‘फिल्मको तेश्रो भाग पनि बन्ने तय छ । तर, यो फिल्मको कथावस्तु राम्रोसँग देखाइएन भने अन्याय हुनेछ । यदि, मेरा पितासँग राम्रो कथा भएको खण्डमा पक्कै पनि ‘बाहुवली ३’ बन्नेछ ।

राजमौलीले फिल्मको तेश्रो सिरिजमा अघिल्ला २ भागको कुनै कनेक्शन नहुने पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV