सलमानको ‘ट्यूबलाइट’मा तपाइले साहरुख भेट्नु भयो ?
भारतमा इद पर्व सवैभन्दा धेरै बलिउड अभिनेता सलमान खानलाइ फाप्ने गरेको छ । सलमानका हरेक फिल्म इदमा रिलिज हुन्छन् र राम्रो व्यापार गर्छन् । 
यो इदमा पनि सलमान फिल्म ‘ट्यूबलाइट’ मार्फत आउँदैछन् । कविर खानले निर्देशन गरेको यो फिल्ममा सलमानको भूमिका कस्तो होला भन्ने दर्शकलाई कौतुहलता छ । सलमानको भूमिकाको बिषयमा रहेको कौतुहलतालाई चिर्दै यसको टिजर रिलिज गरिएको छ । टिजर कता कता सलमानको यस अगाडिको फिल्म ‘बजरंगी भाइजान’को शैलीसँग मिलेको छ । यो फिल्ममा अभिनेता साहरुख खानको केमियो भूमिका छ । के तपाइले टिजरमा साहरुखलाई देख्नुभयो ? ध्यान दिएर हेर्नुहोला ।








