श्रीदेवीको फिल्ममा यस्ता नवाजुद्दिन
बलिउड अभिनेत्री श्रीदेवी फिल्म ‘मम’ मार्फत फेरि दर्शकमाझ देखिदैछिन् । उनले फिल्म ‘इग्लिस विग्लिस’मा गरेको अभिनयको सर्वत्र चर्चा भयो । अब उनी नयाँ फिल्म मार्फत दर्शकमाँझ आउँदैछिन् ।

उनै, श्रीदेवीको यो फिल्ममा अभिनेता नवाजुद्दिन सिद्धिकी पनि मुख्य भूमिकामा छन् । उनको, फस्टलुक सार्वजनिक गरिएको छ । यो एउटा सस्पेन्स थ्रीलर फिल्म हो । नवाजुद्दिन यो फिल्ममा विशेष भूमिकामा छन् । फस्टलुकसँगै उनको भूमिकालाई लिएर दर्शकमा कौतुहलता बढेको छ ।








