बलात्कारको दृश्य सुट गर्दा रोइन् रविना ?
बलिउड अभिनेत्री रविना टन्डनले ९० को दशकमा खुबै चर्चा पाइन् । उनी र अभिनेता अक्षय कुमारको प्रेमको समेत खुबै चर्चा भयो । यसपछि, रविना लामो समय बलिउडबाट टाढा जस्तै रहिन् । अब, उनै रविनाले फिल्म ‘मातृ’ मार्फत बलिउडमा कमब्याक गरिसकेकी छिन् । 
उनै, रविनाले फिल्ममा समावेश एक बलात्कारको दृश्य छायांकन गर्दाको क्षण सम्भिmएकी छिन् । उनले भनेकी छिन्-‘म यो फिल्मको छायांकन गर्दा निकै डिस्टर्ब भएकी थिएँ । जब मेरो माथि बलात्कारको दृश्य खिचिदैथियो, म निकै डिस्टर्ब भएकी थिएँ । मेरो व्यवहार पनि बदलिएको थियो । मलाई केही दिनमै डबिङ गर्नुपर्ने थियो । तर, मैले बलात्कारको दृश्य हेर्दै डबिङ गर्न सकिनँ ।’
यो फिल्म रिलिज भैसकेको छ । तर, बक्स अफिसमा खासै कमाल गर्न सकेन ।
For More videos Log on to Mazzako TV







