साहरुख, सलमान र आमिरको बारेमा कट्रिनाले के भनिन् ?
बलिउड अभिनेत्री कट्रिना कैफको करिअर भलै अहिले गतिलो तरिकाले अगाडि बढेको छैन । तर, अभिनेत्री कैटको सम्बन्ध बलिउडका ३ खानसँग सुमधुर छ । पर्दामा होस् या पर्दा बाहिर, तीन खानसँग उनी सुमधुर सम्बन्ध बनाउन सफल छिन् । उनै, अभिनेत्रीले साहरुख खान, सलमान खान र आमिर खानको बारेमा टिप्पणी गरेकी छिन् । 
मिडियासँगको कुराकानीमा उनले भनेकी छिन् कि-‘सलमान एक बलिया व्यक्ति हुन् । उनी आफूप्रति ध्यान राख्ने मानिसको नजरमा सधै नै एउटा उदाहरण बन्न सफल छन् । उनी के सोचिरहेका हुन्छन् भन्ने वुझ्न एकदमै गाह्रो छ ।’
यस्तै, कैफले ‘जब तक हे जान’का सहकर्मी अभिनेता साहरुखको बारेमा भनेकी छिन्-‘साहरुख एकदमै वुद्धिमान मानिस हुन् । उनी बोल्दा कविको शैलीमा बोल्छन् ।
उनीसँग जुन काम गर्ने शक्ति छ, त्यो कहिल्यै रोकिनेवाला छैन ।’ यस्तै, ‘धुम ३’ अभिनेता आमिरको बारेमा उनले भनेकी छिन्-‘आमिरको काम गर्ने शैली गजबको छ । उनी काम गर्दा दिमागी र शारीरिक रुपमा खुबै तयारी गर्छन् । उनको जस्तो काम गर्ने शैली अरुसँग छैन ।’
For More videos Log on to Mazzako TV







