बलिउडका चर्चित निर्देशक विक्रम भट्टले आफ्नो जिन्दगीको एक रहस्य खोलेका छन् । विक्रम भट्ट र उनकी पत्नीविच किन डिभोर्स भयो भन्ने चर्चा आज पनि मिडियामा उठिरहेको छ । यस बिषयमा उनले मुख खोल्दै, डिभोर्सको मुख्य कारण अभिनेत्री सुष्मिता सेन हुन् भनेका छन् ।

विक्रमका अनुसार, उनको अभिनेत्रीद्धय सुस्मिता सेन र अमिषा पट्टेलसँग सम्बन्ध गाँसिएको थियो । सुस्मिताका लागि उनले एक पटक आत्महत्या गर्ने प्रयास पनि गरेका थिए । विक्रमले भनेका छन्-‘सुस्मिता र मेरो प्रेम सम्बन्धका कारण मेरी पत्नी अदिती र मेरो सम्बन्ध टुट्यो । मलाई यसको ठूलो पछुतो छ ।’

सुस्मितासँगको सम्बन्ध सकिएपछि घरको बालकोनीबाट विक्रमले हाम फालेर आत्महत्या गर्ने कोशिश पनि गरेका थिए । उनले आफू नै एक नराम्रो मानिस भएको स्व्िकार गरेका छन् ।

For More videos Log on to Mazzako TV