बलिउडका सफल एवं ह्यान्डसम अभिनेताको परिचय बनाएका विनोद खन्नाको निधन भएको छ । ब्लड क्यान्सरका कारण थलिएका ७० बषिर्य अभिनेताको मुम्बइको एचएन रिलायन्स फाउण्डेशन एण्ड रिसर्च सेन्टरमा निधन भएको हो । उनको उपचारका क्रममा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनको एउटा तस्बिर केही समय अगाडि सार्वजनिक भएपछि उनी गम्भिर विरामी रहेको अड्कल धेरैले काटेका थिए । उनले १ सय ४० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए । उनले अभिनय गरेको पहिलो फिल्म ‘मित’ हो, जुन सन् १९६८ मा रिलिज भएको थियो ।

उनले सन् १९९८ बाट राजनीतिमा पनि पाइला राखेका थिए । उनी, ४ पटकसम्म भारतीय जनता पार्टीका लागि सांसदमा निर्वाचित पनि भएका थिए । उनका छोरा अक्षय खन्ना बलिउडमा चर्चित छन् । उनको, बिहिबार नै दाहासंकार गरिनेछ । पछिल्लो समय उनी अभिनेता सलमान खानको फिल्म ‘वान्टेड’मा पनि देखिएका थिए । साथमा, ‘दबंग, दबंग २’मा पनि उनले अभिनय गरेका थिए ।

For More videos Log on to Mazzako TV