सुशान्त र कृतिको फिल्ममा के गर्दैछिन् दीपिका ?
अभिनेत्री दीपिका पादुकोणको उपस्थिती मात्र एक फिल्मका लागि कती महत्वपूर्ण होला ? अहिले फिल्म ‘रब्ता’का मेकर यही कुराको महशुश गरिरहेका छन् । सुशान्त सिंह राजपुत र कृती सेनन अभिनित यो फिल्ममा अभिनेत्री दीपिका पादुकोणको पनि विशेष भूमिका छ । 
फिल्मको मेकरले ट्विटरमा एक तस्बिर शेयर गरेका छन्, जुन तस्बिरमा पात्रको अनुहार देखाइएको छैन । तर, फिल्मका मेकरका अनुसार अभिनेत्री दीपिका पादुकोणलाई लिएर एक गीतको छायांकन वुढापेष्टमा गरिएको हो ।
अभिनेत्री करिना कपुरले ‘एजेन्ट विनोद’मा नृत्य गरेको गीतलाई नै यो फिल्ममा पनि रिमेक गरिएको छ । दीपिकाको उपस्थितीले कतै सुशान्त र कृतीलाई छायाँमा पार्ने त होइन ?
For More videos Log on to Mazzako TV







