कमेडियन कपिल शर्मा अहिले मुश्किलमा फसिरहेका छन् । कपिलका केही साथीहरुले शो छाडेपछि उनको शोको टीआरपी पनि घटिरहेको छ । अब त यस्तो अवस्था आएको छ कि, केही बलिउडकर्मीहरु उनको शोमा जान पनि छाडेका छन् ।

बलिउडकी चर्चित पाश्र्व गायिका सुनिधी चौहानले कपिलको शोमा जाने निर्णय अन्तिम अवस्थामा आएर रद्द गरिदिएकी छिन् । उनले शो रद्द गर्नुको मुख्य कारण मध्यरातमा यसको सुटिङ हुनु हो ।

सुनिधीले मध्यरातमा आफू शो सुटिङका लागि तयार हुन नसक्ने भन्दै रद्द गरिन् । यसपछि, कपिलले केही समयमा नै अर्का एक कलाकारलाई ल्याएर शो सुट गरेका थिए ।

For More videos Log on to Mazzako TV