जहिरकी श्रीमति बन्दै यी बलिउड अभिनेत्री
भारतमा बलिउड र क्रिकेटको सम्बन्ध नजिकको छ । भारतका चर्चित कलाकारहरुले क्रिक्रेटको टिम मात्र किनेका छैनन्, अधिकांश बलिउड अभिनेत्रीको प्रेम सम्बन्ध क्रिकेटरसँग छ । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली हुन् या अन्य कोही । धेरै प्रेम सम्बन्धका कारण चर्चामा रहन्छन् । 
अब, अर्का एक सफल क्रिकेटर जहिर खानले पनि बलिउड अभिनेत्री नै रोजेका छन् । जहिर र बलिउड अभिनेत्री सागरिका घाटगेविच प्रेम सम्बन्ध रहेको चर्चा चलिरहेको थियो । क्रिकेटर यूवराज सिंहको बिहे पार्टीमा एकसाथ देखिएपछि यी दुइ प्रेममा रहेको चर्चा सुरु भएको हो । तर, आइपीएल टीम दिल्ली डेयर डेबिलका क्याप्टेन समेत रहेका जहिरले ट्विटरमार्फत यो कुराको घोषणा गरेका हुन् ।
ट्विटरमा उनले लेखेका छन्–‘कहिले पनि आफ्नी श्रीमतिको रोजाइमा हाँस्ने काम नगर । किनकी, तिमी पनि त्यसमा एक हौ । पुरै जिन्दगीका लागि जीवनसाथी, सागरिका घाटगेसँग इन्गेज्ड भएको छु ।’जाहिरको यो घोषणासँगै उनलाई फ्यानले वधाई दिइरहेका छन् ।
For More videos Log on to Mazzako TV







