बलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउडमै एक्सन कट नभनेको २ बर्ष भयो । हलिउड यात्रामा लागेपछि उनले बलिउड फिल्मलाई माया मार्दै आएकी छिन् । दर्शकले उनको बलिउड फिल्म हेर्न नपाएको पनि २ बर्ष भयो ।

तर, अब बलिउड अभिनेत्रीले एक फिल्म साइन गरेकी छिन् । बायोपिक फिल्ममा मन बनाउने चोपडाले एक भारतीय महिलाको बायोपिकमा काम गर्नेछिन् । भारतीय मिडियाका अनुसार उनले काम गर्न लागेको फिल्मको नाम तय भएको छैन । तर, उनले भारतकी पहिलो महिला अन्तरिक्षयात्री कल्पना चावलाको बायोपिक फिल्ममा काम गर्ने पक्का भएको हो ।

यो फिल्मका लागि प्रियंका र निर्माणकर्ताविच एक बर्षदेखि कुरा भैरहेको थियो । ‘वेवाच’ अभिनेत्रीले बल्ल फिल्मका लागि समय दिएकी छिन् । ‘मेरी कोम’ नामक बायोपिकमा काम गरेपछि उनले राम्रो तारिफ पाएकी थिइन् ।

For More videos Log on to Mazzako TV