साहरुखसँग देखिन हतारिदै सलमान
बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’ इदमा रिलिज हुँदैछ । फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छैन । तर, यसले राम्रै हाइप पाइरहेको छ । उनै अभिनेता सलमान खान आफ्ना साथी साहरुख खानसँग देखिन हतारिएका छन् । 
सलमान खानको यो फिल्ममा साहरुखले केमियो भूमिका निर्वाहा गरेका छन् । उनीहरु १० बर्षपछि पहिलो पटक ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् । यो फिल्मको ट्रेलरमा सलमान साहरुखलाई राख्न चाहन्छन् । फिल्मको ट्रेलरमै साहरुखसँग आफ्नो केमेष्ट्री देखाउँदा दर्शकमा उत्साह हुने उनको वुझाई छ ।
तर, फिल्मका निर्देशक कविर खान भने फिल्मको ट्रेलरमा साहरुखलाई राखेर दर्शकमा उत्साह कम बनाउन चाहदैनन् । उनी, चाहन्छन् कि, दर्शकले साहरुखलाई फिल्ममा नै हेरुन् । अहिले सलमान र कविरविच यहि कुरामा तालमेल मिलेको छैन ।
तर, सलमान भने साहरुखलाई ट्रेलरमा राख्दा दर्शकमा अझ उत्साह बढ्ने सोच राखिरहेका छन् । अब, फिल्मको ट्रेलरमा साहरुख हुन्छन् या हुँदैनन्, यो त ट्रेलर रिलिज भएपछि मात्र थाहा हुनेछ ।
For More videos Log on to Mazzako TV







