छोरीलाई आमिरको पदचाप पछ्याउने सैफको आग्रह
अभिनेता सैफअली खानकी छोरी सारा अली खान अहिले बलिउडमा डेब्यू गर्नका लागि तयार छिन् । साराको डेब्यूलाई लिएर बलिउड मिडियामा दैनिकजसो नै चर्चा हुन्छ । सारालाई निर्माता तथा निर्देशक करण जोहरले फिल्म ‘स्टूडेन्ट अफ द इयर’का लागि अफर गरेका थिए या थिएनन् भन्ने खुल्न सकेको छैन । तर, उनी अहिले मिडियाको सबैभन्दा ठूलो निशानामा परिरहेकी छिन् । 
छोरी साराको बिषयमा पिता सैफअलीले मुख खोलेका छन् । उनले, छोरीले बलिउडमा कहिले पाइला राख्दैछिन् भन्ने त केहि पनि बताएनन् । तर, छोरी सारालाई आफूले बलिउड सुपरस्टार अभिनेता आमिर खानको पदचाप फलो गर्न भनेको उनले बताएका छन् । उनले छोरीलाई आमिरको जस्तै सोचेर आफ्नो कामलाई पर्फेक्ट बनाउन आग्रह गरेका थिए ।
For More videos Log on to Mazzako TV







