अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री कृति सेननको प्रेम चर्चा अहिले बलिउडमा खुबै छ । फिल्म ‘रब्ता’मा काम गरेपछि यी दुइ अभिनेता र अभिनेत्री एकदमै नजिक भएका थिए । यी दुइको पर्दाको कामलाई एकदमै मन पराइएको छ । कृति र सुशान्तले पर्दामा हट सिन दिएका छन् ।
तर, यतिबेला यी दुइको एउटा रियल भिडियो पनि भाइरल भैरहेको छ । फिल्म रिलिजको समय नजिक आउँदै गर्दा सुशान्तले एउटा भिडियो ट्विटरमा ट्विट गरेका छन् । उनले, पोष्ट गरेको भिडियोमा कृति र उनी एउटा कुर्सीमा बसेर निकै हट अन्दाजमा रोमान्स गरिरहेका छन् । यसले, अहिले इन्टरनेटमा तहल्का नै मच्चाएको छ । यो भिडियो फिल्म प्रचारका लागि सुशान्तले पोष्ट गरेको वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV