बलिउडका चर्चित पाश्र्व गायक सोनु निगम अहिले एउटा ठूलो विवादमा फसिरहेका छन् । हरेक दिन बिहान मन्दिर, मस्जिदमा हुने आरती र किर्तनको आवाजमा उनले टिप्पणी गरेपछि उनी विवादमा फसेका हुन् ।

अजान नाम गरेका एक मुस्लिम धर्म मान्ने व्यक्तिले उनलाई जुत्ताको माला लगाएर भारत घुमाउनेलाई १० लाख रुपैयाँ दिने घोषणा नै गरेका थिए । यसपछि, सोनुले आफै कपाल मुन्डन गरेका थिए ।

सो बिषय अहिले भारतका अन्य कलाकारमा पनि प्रवेश गरेको छ । मिडियासँगको कुराकानीमा बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतले आफूले अजानलाई प्रेम गर्ने बताइन् । यो बिषयमा उनले भनिन्–‘म यो बिषयमा धेरै टिप्पणी त गर्न चाहन्नँ । तर, म अजानलाई प्रेम गर्छु । जतिबेला, म लखनउमा फिल्म ‘तन्नु वेड्स मन्नु’को छायांकन गरिरहेकी थिएँ । त्यतिबेला मलाई यी आवाजहरु मन परेका थिए ।’

For More videos Log on to Mazzako TV