अहिले बलिउडका अभिनेत्रीहरु अभिनेतासँग नाच्न भन्दा पनि फरक फरक भूमिकामा काम गर्न माहिर मानिएका छन् । अभिनेत्री श्रद्धा कपुर डन दाउद इव्राहिमको बहिनीको भूमिकामा काम गरिरहेकी छिन् । अब, फेरि बलिउडले एक महिला डन पाउने भएको छ ।

विशाल भारद्धाजले निर्देशन गर्न लागेको नयाँ फिल्मका लागि अभिनेत्री दीपिका पादुकोण पक्का भएकी छिन् । जहाँ, उनी रहिमा खान नाम गरेकी महिला डनको भूमिकामा देखिदैछिन् ।

यो फिल्मको अहिले कथा लेख्ने काम भैरहेको छ । ‘सपना’ उपनामले परिचित रहिमाको भूमिकाका लागि दीपिका उत्साहित पनि छिन् । यो फिल्ममा दीपिकालाई अभिनेता इरफान खानले साथ दिनेछन् । इरफान र दीपिकाले यसअघि फिल्म ‘पीकु’मा काम गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV