कण्डमको विज्ञापनमा खेलेपछि सन्नी विवादमा, ‘म केहि भन्न सक्दिन्’-सन्नी
बलिउड नायिका सन्नी लियोनी विभिन्न कारणले बेला बेलामा विवादमा आएरै छाड्छिन् । यतिखेर उनी एउटा विज्ञापनका कारण विवादमा आएकी छिन् । एक कण्डमको विज्ञापनमा मोडलिङ गरेपछि सन्नीको चर्चा भएको हो । उक्त विज्ञापनको प्रशारण रोकिनुपर्ने भन्दै विभिन्न राजनीतिक दलका महिला संगठनहरुले विरोध जनाइरहेका छन् । यो विज्ञापनले समाजमा उच्छृङ्खलता भित्राएको उनीहरुले आरोप लगाएका छन् ।

यो बिषयमा केहि पनि भन्न नसक्ने सन्नीले बताईन् । ‘यो बिषयमा सरकारले मात्र निर्णय गर्न सक्छ कि, यो देशका लागि हितकर छ या छैन’, उनले भनिन् । गत सोमबार रिपब्लिकन पार्टीको महिला संगठनले सन्नीले मोडलिङ गरेको कण्डमको विज्ञापनले महिलाहरुलाई लाजमर्दो बनाएको भन्दै प्रतिवन्धको माग समेत गरेको थियो ।
For More videos Log on to Mazzako TV







