अभिनेता सुशान्त सिंह राजपुत आफ्नै फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा आक्रोशित भएका छन् । सोमबार उनी अभिनित फिल्म ‘रब्ता’को ट्रेलर सार्वजनिक भयो । सो कार्यक्रममा एक महिला पत्रकारले उनलाई कुलभुषण पाठकको बारेमा सोधिन् ।

पाकिस्तानीमा फाँसीको सजायँ सुनाइएका भारतीय नेवी अफिसर्स कुलभुषणको बारेमा प्रश्न सोधिएपछि सुशान्तले यसको जवाफ दिन इन्कार गरे । तर, महिला पत्रकारले एक देशको जिम्मेवार नागरिक भएको हैसियतमा यसको जवाफ दिन आवश्यक रहेको बताइन् ।

त्यसपछि, सुशान्त आक्रोशित भए । उनले, आफू सेलिव्रेटी भएपनि सबै प्रश्नको जवाफ दिन आवश्यक नरहेको सुनाए ।

For More videos Log on to Mazzako TV