बलिउडमा बर्षभरि नै अभिनेता सलमान खान, उनको प्रेम जीवनको बारेमा कुरा हुन्छ । ५२ बर्षमा लागिसक्दा पनि अहिलेसम्म विवाहा नगरेका अभिनेताले कहिले बिहे गर्छन् यो त कमैलाई मात्र थाहा होला । तर, उनले कहिले बिहे गर्छन् भन्दा पनि उनको साना साना कुराले बढी मिडियामा चर्चा पाएको हुन्छ ।

यतिबेला, सलमानको एउटा तस्बिर खुबै भाइरल भैरहेको छ । तस्बिरमा अभिनेता खान आफ्ना भान्जा अहिलेसँग देखिएका छन् । सलमानले जुन तरिकाले अहिललाई बोकेका छन्, त्यो तस्बिर हेर्दा उनी बाबु बन्न तयार रहेको प्रष्ट हुन्छ ।

भारतीय, मिडियाले सलमान बाबु बन्नका लागि तयार भएको भन्दै खबर प्रकाशित गरिरहेका छन् । प्रेमिका लुलिया वन्तुरसँग त सलमानले रोमान्स गरिरहेका छन् । तर, उनी बिहे गरेर बाबु कहिले बन्छन् यो भने विश्वभर रहेका उनका फ्यानका लागि प्रतिक्षाको बिषय बनेको छ ।

For More videos Log on to Mazzako TV