अर्जुनसँगै पार्टी गर्दा यस्ती मलाइका
बलिउड आइटम गर्ल मलाइका अरोराको डिभोर्स हुनुको पछाडि उनको प्रेम चर्चा पनि मुख्य रह्यो । बलिउड अभिनेता अर्जुन कपुर र मलाइकाविचको अफेयरका कारण पूर्व पति अरवाज खानसँग उनको डिभोर्स भएको चर्चा अहिले पनि गरिन्छ । हुनत, यो बिषयमा मलाइका र अरवाज दुबैले बोल्न मानेका छैनन् । तर, समय समयमा अर्जुन र मलाइका एकै स्थानमा भेट हुँदा, यो गसिपलाई बल मिलेको छ । 
रुमर प्रेमी–प्रेमिकाको रुपमा परिचित मलाइका र अर्जुनले एकसाथ पार्टी गरेका छन् । मुम्बइको एक रेष्टुरेन्टमा गरिएको पार्टीमा यी दुइका साथमा अन्य केहि बलिउड हस्तीहरु उपस्थित थिए ।
सो समयमा मलाइका आकर्षक देखिएकी थिइन् । हुनत, पहिरनका मामालामा सधै नै अब्बल रहँदै आएकी मलाइकाको पहिरन पार्टीमा पनि लोभलाग्दो देखिएको थियो ।
For More videos Log on to Mazzako TV







