सलमानको टुरमा अक्षय सरप्राइज प्याकेज
अभिनेता सलमान खान अहिले ‘दबङ टूर’ नाम दिएर केहि देशमा सांगीतिक कन्सर्टमा दौडिएका छन् । उनै, सलमान र उनको टीमले आइतबार हङकङमा भव्य कार्यक्रम गरेको छ । सलमानको साथमा यो टुरमा विपाशा वासु, डेजी शाह जस्ता कलाकार छन् । 
तर, हङकङका दर्शकले भने यो टुरमा एक सुपरस्टारलाई सरप्राइजको रुपमा पाएका छन् । पूर्व घोषणा नगरिएकाले पनि दर्शक अभिनेता अक्षय कुमार स्टेजमा पुग्दा छक्क परे । सलमानले अक्षयलाई सरप्राइज प्याकेजका रुपमा स्टेजमा उतारेका थिए । अक्षयले सलमानले आफूलाई स्टेज दिएको भन्दै खुशी व्यक्त गरे ।
अक्षय र अभिनेत्री विपाशा वासुले आफ्ना हिट गीतमा नृत्य गरेका थिए । मलेसिया, अष्ट्रेलिया लगायतका देशमा पनि सलमानले यो टुर गर्नेछन् ।
For More videos Log on to Mazzako TV







